बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

असार २७ मा ‘रे’ रिलिज

शुक्रबार, १३ वैशाख २०७६, ११ : ३९
शुक्रबार, १३ वैशाख २०७६

काठमाडौँ उपत्यकामा मनाइने जात्रा र त्यससँग सम्बन्धित अलौकिक शक्तिको कथामा निर्माण भएको फिल्म ‘रे’ २७ असारबाट प्रदर्शनमा आउने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपर जिल्लामा हुने तीन मुख्य जात्रामा आधारित रहेर निर्माण भएको यो फिल्म दिनेश पौडेलले निर्देशन गरेका हुन् । 

‘काठमाडौंको मुख्य मानिएका बिभिन्न जात्रा र परम्परालाई अघि लैजाने युवापुस्ताको दायित्व पनि हो । यही कुराको कर्तव्यबोध गराउनका फिल्म निर्माण गरिएको निर्देशक पौडेलले बताए ।

सगुन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा अभिनेता दिवस धिताल, अभिनेत्री सुजाता थापा र अभिनेता सुनिल थापाको मुख्य भूमिका रहेको छ । फिल्म उच्च भिएफएक्सको प्रयोगका साथ तयार गर्न लागिएको छ । निर्माण युनिटले गीत तथा ट्रेलर छिट्टै ल्याउने तयारी गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप