कारबाहीमा परे नेइमार, तीन खेलमा प्रतिबन्ध
एजेन्सी - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएइएफए)ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएइएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो ।
प्रतिबन्धसँगै नेइमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती तीन खेल्न पाउने छैनन् । पीएसजी लिग च्याम्पियन बन्दै आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भइसकेको छ ।
यस सिजनको च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयप्रति नेइमारले आपत्तिजनक प्रतिक्रिया दिएका थिए । सोही कारण युएइएफएले नेइमारलाई प्रतिबन्ध गरेको हो ।
उक्त खेलमा पीएसजी युनाइटेडसँग ३–१ गोलले पराजित हुँदै बाहिरिएको थियो । रेफ्रीले युनाइटेडलाई भिएआरको सहायतामा पेनाल्टी दिएका थिए । सोही पेनाल्टीका कारण पीएसजी च्याम्पियन्स लिगबाट बाहिरियो ।
चोटका कारण बेन्चमा बसेर खेल हेरेका नेइमारले खेलपछि सामाजिक सञ्जालमा रेफ्रीको निर्णयविरुद्ध आपत्ति जनक प्रतिक्रिया लेखेका थिए । फुटबल नबुझेको रेफ्रीले अनावश्यक पेनाल्टी दिने निर्णय गरेको भन्दै नेइमार रेफ्रीविरुद्ध खनिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण