राजस्थानद्वारा हैदरावाद पारजित, चेन्नई प्ले अफमा
एजेन्सी - राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादलाई सात विकेटले हराएको छ । शनिबार राति भएको खेलमा राजस्थानले हैदरावादलाई हराएसँगै चेन्नई सुपर किंग्स प्ले अफमा प्रवेश गरेको छ ।
जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा हैदरावादले दिएको एक सय ६१ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । राजस्थानको जितमा सन्जु सामसनले अविजित ४८ रन बनाए । लिआम लिभिङस्टोनले ४४, अजिंकाले रहानेले ३९ र कप्तान स्टिभ स्मिथले २२ रन बनाए । बलिङमा हैदरावादका खलिल अहमेद, शाकिब अल हसन र राशिद खानले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय इनिङ खेले । डेभिड वार्नरले ३७, राशिद खानले अविजित १७ र कप्तान केन विलियम्सन १३ रनमा बनाएका थिए । बलिङमा राजस्थानका भरुण आरोन, ओसाने थोमस, श्रेयस गोपाल र जयदेव उनाडकटले दुई दुई विकेट लिए ।
यस जितसँगै राजस्थान छैटौं स्थानमा उक्लिएको छ । राजस्थानले १२ खेलबाट १० अंक बनाएको छ । चौंथो स्थानमा रहेको हैदरावादले ११ खेलबाट १० अंक बनाएको छ । राजस्थानले हैदरावादलाई हराएपछि चेन्नई प्ले अफमा पुगेको छ । शीर्ष टोली चेन्नईले १२ खेलबाट १६ अंक छ । चेन्नई जारी सिजन आइपीएलको प्ले अफमा पुग्ने पहिलो टोली समेत बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण