बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कोलकत्तासँग ३४ रनले मुम्बई पराजित

सोमबार, १६ वैशाख २०७६, ०८ : ०२
सोमबार, १६ वैशाख २०७६

एजेन्सी - कोलकत्ता नाइट राईडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सलाई ३४ रनले हराएको छ । इडेन गार्डेन्स मैदानमा आइतबार राति भएको खेलमा कोलकत्ताले दिएको दुई सय ३३ रनको फराकिलो लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ९८ रन मात्र बनाएको थियो । 

मुम्बईका हार्दिक पाण्डयाले ९१ रनको अर्धशतकीय इनिङ खेले । सूर्यकुमार यादवले २६ र कुर्नाल पाण्डयाले २४ रन बनाए । बलिङमा कोलकत्ताका सुनिल नारिने, ह्यारी गुर्ने र आन्द्रे रसेलले दुई-दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा दुई सय ३२ रन बनाएको थियो । कोलकत्ताका लागि सुबमन गिल, क्रिस लान र आन्द्रे रसेलले अर्धशतक बनाए । रसेलले अविजित ८० रन बनाएका थिए । गिलले ७६ र लानले ५४ रन बनाए । बलिङमा मुम्बईका दिपक चाहर र हार्दिक पाण्डयाले एक-एक विकेट लिए । जितसँगैे १२ खेलबाट १० अंक बनाएको कोलकत्ता पाँचौं स्थानमा छ । तेस्रो स्थानमा रहेको मुम्बईको समान खेलबाट १४ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप