रियल म्याड्रिडको खराब प्रदर्शन, भालेकानोसँग १-० गाेलले पराजित
एजेन्सी - स्पेनिस ला लिगामा रियल म्याड्रिडको खराब प्रदर्शन रोकिएको छैन ।
ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिड रेलिगेसनमा रहेको कमजोर टोली रायो भालेकानोसँग १–० गोलले पराजित भएको छ ।
घरेलु मैदानमा भालेकानोले २३ औं मिनेटमा गोल गरेको थियो । एड्री इमबार्बाले पेनाल्टीमा गोल गरेका थिए । रियलका जेसस भालेजोले भालेकानोका जाभी गुरेरालाई फल गरेपछि प्राप्त पेनाल्टीलाई एड्रीले सही सदुपयोग गरे । रियलले लगातार गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न सकेन । यस सिजनको लिगमा रियलको यो १० औं हार हो ।
लिगमा ३५ खेल सकेको रियल ६५ अंकसहित तेस्रो स्थानमा यथावत छ । ३१ अंक बनाएको भालेकानो १९ औं स्थानमा छ । शीर्ष स्थानमा हरेको बार्सिलोनाको ८३ अंक छ । बार्सिलानाले तीन खेल अगावै लिग जितिसकेको छ । दोस्रो स्थानमा आसिन एट्लेटिको म्याड्रिडको ७५ अंक छ ।
आइतबार राति नै भएको अन्य खेलमा इबरले भ्यालेन्सियालाई १–०, गिरोनाले सेभियालाई १–०, रियल सोसिडाडले गेटाफेलाई २–१ गोलले हराएको छ । अर्को खेलमा भिल्लारियल र एसडी हुयस्काले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण