आइपीएल क्रिकेट : मुम्बई प्ले अफमा पुग्ने तेस्रो टोली
एजेन्सी - सुपर ओभरमा सनराईजर्स हैदरावादलाई हराउँदै मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । वान्खाडे क्रिकेट स्टेडियममा बिहीबार राति मुम्बईले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६२ रन जोड्दै बराबरी गरेपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा हैदरावादले दुई विकेट गुमाएर आठ रन बनायो । ९ रनको लक्ष्य पाएको मुम्बईले तीन बलमा विना विकेटको क्षतिम लक्ष्य पूरा गरेको थियो । सुपर ओभरमा मुम्बईका हार्दिक पाण्डेले राशिद खानको बलमा एक छक्का हानेका थिए ।
सुपर ओभरमा जानुअघि हैदरावादका मनिस पाण्डेले अविजित ७१ रन बनाए । मोहमद नाबीले ३१, रिद्दिमान साहले २५, मार्टिन गुप्टिलले १५ र विजय शंकररन बनाए । मुम्बईका जस्प्रित बुम्राह, हार्दिक पाण्डया र कुर्नाल पाण्डयाले दुई दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा पाँच विकेटको क्षतिमा एक ६२ रन बनाएको थियो । मुम्बईका लागि क्विनटन डी ककले अविजित ६९ रन बनाए । कप्तान रोहित शर्माले २४, सूर्यकुमार यादवले २३ र हार्दिक पाण्डयाले १८ रन बनाए । हैदरावादका खलिल अहमेदले ३ विकेट लिए । भुवनेश्वर कुमार र मोहमद नावीले एक एक विकेट लिए ।
जितसँगै दोस्रो स्थानमा उक्लिएको मुम्बईले १३ खेलबाट १६ अंक जोडेको छ । चौंथो स्थानको हैदरावादको १३ खेलबाट १२ अंक छ । मुम्बई प्ले अफमा पुग्ने तेस्रो टोली बनेको छ । चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स यसअघि नै प्ले अफ पुगेका छन् । हैदरावादको पनि प्ले अफमा पुग्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण