गजलः छेकिन्न घाम हत्केलाले छेकेर
शनिबार, २१ वैशाख २०७६, ११ : ३२
भुवन रोका ‘मित्रजी’
जसरी छेकिन्न घाम हत्केलाले छेकेर
छेकिन्न त्यो बदनाम हत्केलाले छेकेर
दरबार छिरेका ती सर्वहारा नेताले
कसैले देख्दैनन् अछाम हत्केलाले छेकेर
ऊ समाजसेवी भयो ठूलै सम्मान पायो
विगतको ठगी काम हत्केलाले छेकेर
भ्रष्टमुक्त भयो देश सरकार भन्दैछ
भ्रष्टचारीको त्यो लाम हत्केलाले छेकेर
आँगनको जमिन नै लगे लुट्नेहरुले
देशै लुटे खुलेआम हत्केलाले छेकेर ।
खोटाङ, नेपाल
हाल : टोकियो, जापान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण