कविता : जिजीविषामा विरोधाभास
शनिबार, २१ वैशाख २०७६, ११ : ३६
-साकारबाबु सुवेदी
घाम झुल्किन्छ, रापिन्छ
अनि अस्ताउँछ
घाम व्यस्त छ
मन अझ व्यस्त छ
अर्थ केवल चितामा रापिएझैँ
घाम मनमा रापिन्छ
समिधा विस्तारै सल्किएझैँ
मनमा डढेलो लाग्छ
घाम कहिल्यै मर्दैन, मन कहिल्यै मर्दैन
शवभित्रको आत्मा विस्तारै उडेझैँ
घाम मनबाट अस्ताउँछ
अनि घामसँग के विरोधाभास ?
मन स्थायित्व कायम गर्दैन
समिधाको कोइला पानीमा बगैझैँ
मन घामबाट पलायन हुन्छ ।
अनि के द्वन्द्व ? के सहानुभूति ?
मन घामलाई स्पर्श कहिल्यै गर्दैन
घाम कहिल्यै मर्दैन
मन कहिल्यै मर्दैन ।
घाम त केवल झुिल्कन्छ,
रापिन्छ,
अनि अस्ताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण