‘मेरो सरकार’ को साटो ‘नेपाल सरकार’ लेख्नुपर्ने भन्दै काँग्रेसले संशोधन दर्ता गर्ने
नेपाली कांग्रेसको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई काल्पनिक निबन्धको संज्ञा दिँदै संशोधनका लागि सूचना दर्ता गर्ने निर्णय गरेको छ ।
शनिबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफल भएको हो । छलफलमा काँग्रेसका सांसदहरुले केही बुँदामा आपक्ति जनाउदै संसोधनका लागि प्रस्ताव गरेका थिए ।
काँग्रेसका सांसद डा. मिनेन्द्र रिजाल र प्रमुख सचेतक बालकृष्ण खाणले सभामुखलाई नीति तथा संशोधनका लागि सूचना पेस गर्ने भएका छन् ।
काँग्रेसले नीति तथा कार्यक्रमको बुँदा नं ३ देखि २ सय १५ सम्म विभिन्न बुँदामा सरकारलाई मेरो सरकार भनि लेखिएको सट्टा नेपाल सरकार भनि संशोधन गर्नुपर्ने भनेको छ ।
यस्तै प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार माथि हस्तक्षेप गरी संघीयता कमजोर बनाउने विषय संसोधन गर्न माग गरेको छ ।
लोकतान्त्रिक शासन व्यवस्थामा आधारभूत संरचना कमजोर पार्ने कार्यक्रमहरु प्स्तावित गरेको तथा विद्यामान परिस्थितिमा आवश्यक नीतिगत प्रष्टता सहित सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने कार्यक्रमगत प्रष्टता नभएको भन्दै नीति तथा कार्यक्रम सबै बुँदामा वार्षिक नीति तथा कार्यक्रम संशोधनका लागि सूचना पेश गर्ने निर्णय गरेको छ ।
संसदीय दलको बैठकपछि बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बैठकमा सरकारको नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको भन्नेमा एकमत रहेको बताए । उनले २ सय बँुदाभन्दा लामो काल्पनिक निवन्धको रुपमा नीति तथा कार्यक्रम आएको भन्दै स्पष्ट कार्यक्रम आउन नसकेको बताए ।
बैठकमा राष्ट्रपतिले अघिल्लो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकार, यो सरकारले भन्ने गरेकोमा यो पटक मेरो सरकार भन्नुको तात्पर्य कतै प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई कार्यकारी अधिकार दिन खोजेको त हैन भन्ने आशंका उब्जिएको नेता खाँणले बताए ।
संसदीय दलको बैठकमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. स्वर्णिम वाग्ले, डा. गोविन्दराज पोखरेलले नीति तथा कार्यक्रमको समीक्षा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण