बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

लिभरपुलको जितसँगै प्रिमियर लिग उपाधि होड रोमाञ्चक बन्दै

आइतबार, २२ वैशाख २०७६, ०८ : ३२
आइतबार, २२ वैशाख २०७६

एजेन्सी - इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले न्युक्यासललाई ३–२ गोलले हराएपछि उपाधि होड रोचक बनेको हो ।

लिभरपुलले न्यु क्यासल युनाइटेडमाथि उसकै मैदानमा जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो ।  लिभरपुलको कठिन जितमा भर्जिल भान डिज्कले १३ औं, मोहमद सलाहले २८ औं र डिभोक ओरिगीले ८६ औं मिनेटमा गोल गरे । न्यु क्यासलका क्रिस्टियन अट्सुले २० औं र सलोमन रोन्डोनले ५४ औं मिनेटमा गोल गरेका थिए ।

लिभरपुलको यस जितले दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीमाथि दबाब थपिएको छ । यस ननिजाले लिगको उपाधि होड अन्तिम खेलसम्म रोचक बनेको छ । शीर्ष स्थानको लिभरपुलले ३७ खेलबाट ९४ अंक बनाएको छ । एक खेल कम खेलेको सिटी ९२ अंकसहित दोस्रो स्थानमा छ । न्युक्यासल ४२ अंकसहित १४ औं स्थानमा छ ।

लिभरपुललाई प्रिमियर लिग च्याम्पियन बन्न बाँकी एक खेलमा जित निकाल्नुका साथै सिटीले अंक गुमाउने पर्नेछ । लिभरपुलले अब वल्भ्ससँग एक खेल खेल्न बाँकी छ । सिटीले लेस्टरसिटी र ब्राइटनसँग खेल्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप