बैंगलोरसँग हैदरावाद पराजित
एजेन्सी - इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई चार विकेटले पराजित गरेको छ । शनिबार राति भएको खेलमा बैंगलोरसँग पराजित भएपछि हैदरावादको प्लेअफमा पुग्ने सम्भावना कठिन बनेको छ । यदि आज (आइतबार) हुने खेल कोलकत्ता नाइटराइडर्सले जितेमा हैदरावाद प्रतियोगिताबाट बाहिरिने छ ।
हैदरावादले दिएको एक सय ७६ रनको विजय लक्ष्य पछ्याएको बैंगलोरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा एक सय ७८ रन पूरा गरेको थियो । बैंगलोरका लागि सिमरोन हेटिमरले सर्वाधिक ७५ रन बनाए । गुरकीरत सिंहले ६५ र विराट कोहलीले अविजित १६ रन बनाए । बलिङमा हैदरावादका खलिल अहमदले तीन विकेट लिए । भुवनेश्वर कुमारले दुई र राशिद खानले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङमा गरेको हैदरावादले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो । हैदरावादका लागि केन विलियम्सले ७० रन बनाए । मार्टिन गुप्टिलले ३० र विजय संकरले २७ रन बनाए । बैंगलोरका बासिङ्टोन सुन्दरले तीन विकेट लिए । नन्दीप सैनीले दुई र युजवेन्द्र चाहलले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण