पकिस्तानविरुद्ध इङ्ल्यान्डको सानदार जित
एजेन्सी- पकिस्तानविरुद्धको तेस्रो वान डे खेलमा इङ्ल्यान्डले सानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले हरायो । यस जितसँगै पाँच ओडीआई सिरिजमा इङ्ल्यान्डले २–० को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । दोस्रो खेलमा इङ्ल्यान्ड १२ रनले विजयी भएको थियो । चौथो खेल आगमी शुक्रबार हुनेछ ।
तीन सय ५९ रनको विशाल लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४४.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । इङ्ल्यान्डको जितमा ओपनर जोनी बेयरस्टोले एक सय २८ रनको शतकीय पर्दशन गरे । ९३ बलमा उक्त रन जोडेका जोनीले १५ चौका र पाँच छक्का हानेका थिए ।
अर्का ओपनर जोसन रोएले ७६ रन बनाए । मोइन अली ४६, जो रुटले ४३, बेन स्टोक्स ३७ र कप्तान ओइन मोर्गनले अविजित १७ रन बनाए । पाकिस्तानका जुनदै खान, फहिम असरार्फ र इमाद वासिमले एक एक विकेट लिए ।
यसअघि ब्रिस्टलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा तीन सय ५८ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर इमाम उल हकले एक सय ५१ रनको सानदार प्रदर्शन गरे । उल हकले आफ्नो ओडीआई करियरकै उत्कृष्ट रन र छैटौं शतक पूरा गरेपनि टोलीलाई जिताउन सकेनन् । उनले एक सय ३१ बलमा १६ चौका र एक छक्का प्रहार गरेका थिए ।
आशिफ अलीले ५२, ह्यारिस सोहेले ४१, सरफराज अहमिदले २७, ईमाद वासिमले २२, हसन अलीले अविजित १८ र बाबर आजमले १५ रन बनाए । इङ्ल्यान्डका क्रिस वोक्सले चार विकेट लिए । टम करनले दुई तथा डेविड विल्ली र लियाम प्लन्केटले एक एक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण