पूर्व एआईजीको घरमा चोरी गर्ने खुङखार डाँका तामाङमाथि प्रहरीले चलायो गोली
सोमबार, ०६ जेठ २०७६, ०८ : ३८
काठमाडौँको टोखा नगरपालिकामा सोमबार बिहान गोली चलेको छ । काले भन्ने ३३ वर्षीय खुङखार डाँका विष्णु तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
तामाङले पछिल्लो समय ७ वटा ठूला चोरी काण्ड घटाएको आरोपमा अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई हतियार देखाएको र उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउन बाध्य भएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
सिन्धुपाल्चोक मेलम्ची घर भएका घुँडामूनी गोली लागेको तामाङको हाल वीर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
तामाङ पूर्व एआइजी जयबहादुर चन्द र पूर्व डिआइजी विश्वराज सिंह साहीको घरमा लुटपाट गरेको आरोपमा ६ वर्ष जेल सजाय भोगी २०७२ सालमा छुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण