पूर्व एआईजीको घरमा चोरी गर्ने खुङखार डाँका तामाङमाथि प्रहरीले चलायो गोली
सोमबार, ०६ जेठ २०७६, ०८ : ३८

काठमाडौँको टोखा नगरपालिकामा सोमबार बिहान गोली चलेको छ । काले भन्ने ३३ वर्षीय खुङखार डाँका विष्णु तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
तामाङले पछिल्लो समय ७ वटा ठूला चोरी काण्ड घटाएको आरोपमा अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई हतियार देखाएको र उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउन बाध्य भएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
सिन्धुपाल्चोक मेलम्ची घर भएका घुँडामूनी गोली लागेको तामाङको हाल वीर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
तामाङ पूर्व एआइजी जयबहादुर चन्द र पूर्व डिआइजी विश्वराज सिंह साहीको घरमा लुटपाट गरेको आरोपमा ६ वर्ष जेल सजाय भोगी २०७२ सालमा छुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएसजीले च्याम्पियन्स लिग जितेको बारे एम्बाप्पे, ‘कुनै गुनासो छैन’
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
-
केनको निर्णायक गोलमा इंग्ल्याण्डको संघर्षपूर्ण जीत
-
मस्कसँगको सम्बन्ध अन्त्य भएको ट्रम्पको घोषणा
-
बौद्धमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
-
बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन