खुश्बु फेरि अदालत जाने
काठमाडौँ– मोडल तथा समाजसेवी खुश्बु ओलीले आफु र गोपाल कटुवालबीचको आर्थिक लेनदेन दुई वर्षअघि नै मिलिसकेको भन्दै अदालतको पछिल्लो फैसलाप्रति आश्चर्य व्यक्त गरेकी छन् ।
ओलीलाई जिल्ला अदालत काठमाडौँले दोषी ठहर गर्दै ३ महिना कैद, ३ हजार जरिवानाको फैसला गरेको थियो । मंगलबार न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम साँवा र ब्याजसहित तिर्नुपर्ने ठहर फैसला गरेको हो ।
ओलीले काटेको ३६ लाख रुपैयाँ बराबरको कुमारी बैंकको चेक बाउन्स भएको भन्दै सप्तरीका गोपाल कटुवालले एक बर्षअघि मुद्दा दायर गरेका थिए ।
तर, अदालतको फैसला आएको भोलिपल्ट खुश्वुले प्रेस रिलिज जारी गर्दै गोपाल कुटुवाललाई आफुले दिएको चेक नसाटिएपछि तत्काल बैंकमा पुगेर हिसावकितव र फरफारक गरेको दावी गरेकी छिन् । ‘गोपाल कटुवालले रकम पाइसकेपछि कसरी अदालतमा मुद्दा दायर गरेका हुन् म अदालत गएर हेर्छु । आजभन्दा एक वर्षअघि दायर मुद्दाबारे मलाई कुनैपनि जानकारी छैन र यसका लागि म कानुनी बाटोमा जान्छु । सत्यको जित हुन्छ,’ ओलीले जारी विज्ञप्तिमा भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण