कविता : जिन्दगी दोधारै दोधार बगिरहेछ
सागर विलय
हाँस्दा हाँस्दै झरेका फूलहरु
त्यसै त्यसै ओइलाएका
भुइँबाट टिपेर
बोटमा फेरि जोडी दिऊँ कि ?
मृत रहरहरुलाई
पुनः जिउँदै फर्काऊँ भने
कही आफैलाई खाइदिन्छन् कि भन्ने डर ।
हाँसो नथामिदै बीचैमा
झरेको थियो ओठको मुस्कान
मुस्कुराहट मरेको थियो
जिन्दगीले त त्यसै दिन
आत्महत्या गरिसकेको थियो
बाहिर दुनियाँदारी रूपमा
झिँगी झिँगी बाँचेको मात्र हो ।
निद खोसिएको हो
एउटा ओत भत्काइएको हो
चेहराको रङ
अनि तक्दिरको चमक लुटिएको हो ।
एउटा पुरानो भूतबङ्गला जस्तो
यो जिन्दगानीभित्र
तन्त्रमन्त्रले बाँधिएका रहरका भूतहरुलाई
त्यसैभित्र दफनाई राखूँ ?
या चिहान उल्टेर
कङ्कालहरुमा जीवन भरिदिऊँ
आफै अनिर्णयको बन्दी भएको छ जिन्दगी ।
ओठको लाली फिर्ता बोलाएर
ओठैमा थपक्क राखी दिऊँ
नयनको उज्ज्यालो नयनमै भरिदिऊँ
पयरको गीत पयरमै बजाइदिऊँ ।
मनका गहिरा खाडलभित्र
रोई कराई गर्ने
मृत अर्धमृत संवेगहरुलाई
झ्याल ढोका चौदङ्ग खोलेर
स्वतन्त्र भाग्न दिऊँ
या खाडलभित्रै बन्दी बनाएर
हत्या गरिदिऊँ
जिन्दगी दोधारै दोधार बगिरहेछ ।
डडेल्धुरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण