सुरु भयो रोपाईँ : पानी र मलको भने सधैँ चिन्ता (फोटोफिचर)
भक्तपुर । असार महिना सुरु भएसँगै भक्तपुरमा रोपाईँ गर्न थालिएको छ । यद्यपि पर्याप्त वर्षा नहुँदा किसानले समयमै रोपाईँ सक्न सकिरहेका छैनन् ।
केही वर्ष अगाडिसम्म जेठ महिनाको अन्तिम सातासम्म धेरै रोपाई भइसक्ने भएपनि पर्याप्त वर्षा नभएकै कारण उल्लेख्य रोपाईँ हुन नसकेको हो ।
वर्षातको समय भएपनि पर्याप्त पानी नपरेका कारण समस्या भएको चागुँनारायण नगरपालिका झौखेलका किसान भरतप्रसाद शभार्ल बताए ।
झौखेलका अर्का किसान दीपक दाहालले सामान्य तथा धानको विउ राखेको २० दिन पछि रोप्न मिल्ने भएपनि आकाशबाट परेको पानीको भरमा हुने रोपाई रोकिएको बताए । यस्तै किसानहरुले राेपाइँ सुरु हुँदा सम्म मलकाे अभाव भएकाे भन्दै चिन्ता जनाएका छन् । ‘रोपाईको समयमा सधै मल र काम गर्ने खेतलाको अभाव हुदाँ वर्षेनी हामीले समस्या भोग्दै आएका छौं, ’ दाहालले भने ।
अहिले रोपाईँको शैली पनि बदलिएको छ । विगतमा रोपाईँमा गोरुको प्रयोग हुनेमा पछिल्लो वर्षहरुमा गोरुको प्रयोगलाई ट्याक्टरले विस्थाापित गरिदिएको छ ।
भक्तपुरको नगरकोट, बागेश्वरी, सुडाल, ताथली, सिपाडोल, झौखेल, भक्तपुर नगरपालिका, मध्यपुरनगरपालिका लगायतका केहि स्थानहरुका किसानले विउ राखेको लामो समय भएकाले पानी तानेर भएपनि रोपाई गरेका छन् ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण