यसरी मनाइयो विदेशी पर्यटकहरुसँगै पोेखरामा धान दिवस (फोटोफिचर)
पोखरा– खासमा असार १५ पोख्रेलीका लागि धान दिवश मात्र होइन् । पछिल्लो समय पर्यटक भित्र्याउने मेसो पनि बनेको छ । यो भनाई कसैले दाबी गरेर भनेका होइनन् । पोखरा पर्यटन परिषद्ले असार १५ को छेको पारेर पोखरा–१५ महतगौंडामा आयोजना गरेको रोपाई महोत्सवमा देखिएको दृश्यले पुष्टि गर्छ ।
पर्यटनको लागि अफ सिजन मानिने बर्खायाममा पनि पर्यटकको बाक्लै उपस्थितिले रोपाई महोत्सवकोे पर्यटकको लागि कत्तिको महत्व छ भन्ने झल्काउँथ्यो । पोखरा पर्यटन परिषद्ले आयोजना गरेको १६ औं रोपाईं महोत्सवको मज्जा पर्यटकहरुले मज्जैले लिए । उनीहरुले एकाआपसमा हिलो मात्र छ्यापेनन् । सद्भाव पनि बाँडे । रोपारेहरुको सिको गर्दै धान पनि रोपे । जानि नजानि असारे भाका पनि गाए । तछाड्मछाड् गर्दै एकाआपसमा हिलो छ्याप्दै । गलामा धानकै माला, निधारमा माटोको टिका लगाएर पञ्चे बाजाको धुनमा मज्जैले नाँचे ।

पर्यटकहरुले हिले दौड, रोपाई प्रतियोगिता, हिलोमा माछा समाउने, गोरु दौड प्रतियोगिताको पनि मज्जा लिन भ्याए । महोत्सव हेर्न गएकाहरु पनि उनीहरुसँगै रमाए । खेतको आलीमा बसेकाहरुलाई हिलो छ्याप्दा छेउमा बस्नेहरु भागदौड गर्दा माहोल निकै रोमाञ्चक बनेको थियो । पर्यटक हिलोले चिन्नै नसक्ने हुँदा पनि खुसी देखिन्थे ।

असारे रोपाई महोत्सवको लागि भनेर आन्तरिक तथा तेस्रो देशका पर्यटक पोखरा आउने गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोख्रेल बताउँछन् । ‘रोपाईं महोत्सवकै लागि मात्र पनि तेस्रो देशका पर्यटकहरु आउँछन्,’ उनले भने, ‘गत वर्षमा जस्तै यस वर्ष पनि उल्लेख्य मात्रामा रोपाईं महोत्सवमा पर्यटकको उपस्थिति छ । यो क्रम बाक्लिँदै पनि गई रहेको छ ।’
फरक संस्कृतिको अनुभव गर्न पाउँदा निकै खुसी लागेको पर्यटकहरुले प्रतिक्रिया दिएका छन् । पोखरा पर्यटन परिषद्ले हरेक वर्ष रोपाईं महोत्सवको आयोजना गर्दै आएको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण