नेपाल स्टक एक्सचेन्जले अभियान चलाउने
नेपाल-स्टक एक्सचेन्जले दोश्रो बजारको बारेमा प्रशिक्षित गर्न अभियान चलाउने भएको छ । सोमबार काठमाडौँमा नेप्से अनलाइन कारोबारको प्रगति बारेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा काठमाडौँ बाहिरका ग्राहक र बिद्यार्थीहरुलाई शेयर बजार बारे जानकारी दिन प्रशिक्षण अभियान चलाउने जानकारी दिएको हो ।
नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिं सावदले नेप्सेले अनलाइनको माध्यमबाट कारोबार सुरु गरे पछि देश भरिबाट शेयर किनबेच गर्न सकिने भएकोले दोश्रो बजारमा आउन इच्छुक सबैलाई शेयर कारोबार र अनलाइन कारोबार बारे जानकारी दिन आवश्यक रहेको बताए । दोश्रो बजारमा कारोबार गर्नेको शंख्या काठमाडौँ उपत्यकाको तुलनामा उपत्यका बाहिरको संख्या बढ्दै गएकोले शेयर दलाल र बिद्यार्थीहरुलाई प्रशिक्षण दिन लागीएको बताए ।
नेपाल स्टक एक्सचेन्जले गएको कार्तिक २० बाट शेयर कारोबारको अनलाइन प्रणाली सुरु गरेको हो । यसबाट शेयर किनबेच, भुक्तानी र शेयर कारोबार सम्बन्धि अन्य सबै काम हुदै आएको छ । नेप्सेको अनलाइन प्रणाली विभिन्न क्लियरिङ्ग कम्पनिहरु सँग पनि जोडिएको हुदा शेयर सम्बन्धि सबै काम छिटो हुन थालेको छ । अहिले अनलाइन प्रणालीमा सुचिकृत भएर एघार हजार बढी शेयर दलालहरुले कारोबार गरिरहेका छन् । हालसम्म अनलाइन प्रणाली मार्फत करिब १० अर्ब ६० करोड ३४ लाख कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी राजनीतिको मेरुदण्ड : उमेर, वैचारिक दृढता, शैक्षिक संलग्नता कि नेतृत्व कौशलता ?
-
जनजातिहरूको विकासका लागि गम्भीर हुन राष्ट्रिय प्रतिष्ठानलाई मन्त्री गुप्ताको निर्देशन
-
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल, गृहमन्त्रीले दिए यस्तो निर्देशन
-
संसद्को अवरोध खोल्न बसेको तीन दलको बैठकमा जुटेन सहमति
-
एलिनाको स्वरमा ‘म त एक्लै ज्यूँछु बरु’ सार्वजनिक