अष्ट्रेलियामा नेपाली सामुदायिक केन्द्र बन्ने
बुधबार, २५ असार २०७६, ०७ : ३२
काठमाडौँ । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले सामुदायिक केन्द्र निर्माण गर्ने भएका छन् ।
न्यू साउथ वेल्सको कम्बरल्याण्डमा केन्द्रको भवन निर्माण गर्न लागिएको छ ।
नेपालीहरूको सामाजिक काम, जमघट, चाडपर्व आदिका लागि केन्द्र बनाउन लागिएको केन्द्रका निर्देशक गोवा कटुवालले बताए । पेगोडा शैलीमा बन्ने दुई हजार पाँच सय वर्गमिटर ओगट्ने तीनतले सो भवनका लागि चालीस लाख अष्ट्रेलियाली डलर लाग्ने बताइएको छ ।
भवन परिसरमा पशुपतिनाथ र लुम्बिनीको प्रतिकृति पनि राखिने बताइएको छ । सन् २०२० भित्र बन्ने सो भवनमा सबै नेपालीको स्वामित्व रहने गरी शेयर वितरण पनि हुनेछ । यसलाई कम्पनी लिमिटेडका रूपमा सञ्चालन गरिने छ ।
भवन निर्माणको स्वीकृतिका लागि स्थानीय प्रशासनमा प्रस्ताव प्रस्तुत गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण