अष्ट्रेलियामा नेपाली सामुदायिक केन्द्र बन्ने
बुधबार, २५ असार २०७६, ०७ : ३२
काठमाडौँ । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले सामुदायिक केन्द्र निर्माण गर्ने भएका छन् ।
न्यू साउथ वेल्सको कम्बरल्याण्डमा केन्द्रको भवन निर्माण गर्न लागिएको छ ।
नेपालीहरूको सामाजिक काम, जमघट, चाडपर्व आदिका लागि केन्द्र बनाउन लागिएको केन्द्रका निर्देशक गोवा कटुवालले बताए । पेगोडा शैलीमा बन्ने दुई हजार पाँच सय वर्गमिटर ओगट्ने तीनतले सो भवनका लागि चालीस लाख अष्ट्रेलियाली डलर लाग्ने बताइएको छ ।
भवन परिसरमा पशुपतिनाथ र लुम्बिनीको प्रतिकृति पनि राखिने बताइएको छ । सन् २०२० भित्र बन्ने सो भवनमा सबै नेपालीको स्वामित्व रहने गरी शेयर वितरण पनि हुनेछ । यसलाई कम्पनी लिमिटेडका रूपमा सञ्चालन गरिने छ ।
भवन निर्माणको स्वीकृतिका लागि स्थानीय प्रशासनमा प्रस्ताव प्रस्तुत गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो
-
निर्यात क्षमता १० खर्ब रुपैयाँ पुर्याउने चेम्बरको रणनीतिक योजना
-
‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एक जनाको मृत्यु
-
लुम्बिनी प्रदेशसभामा स्थानीय सेवा गठनसम्बन्धी विधेयक पेश
-
चार धाम यात्रा : १७ तीर्थयात्रीको मृत्यु