बाढी पीडित ३०० परिवारलाई नेविसंघको राहत
सोमबार, ०६ साउन २०७६, १७ : २८
काठमाडौं– साता अघि परेको अविरल वर्षापछि आएको वाढी तथा डुवानबाट प्रभावित भएकालाई नेपाल विद्यार्थी संघले सोमबार राहत वितरण गरेको छ ।
बीपी स्मृति दिवसको अवसरमा निवर्तमान महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा नेविसंघले राैतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ का ३०० प्रभावित परिवारलाई राहत वितरण गरेको हो ।
प्रभावित परिवारलाई चामल, तेल, पाल, लत्ताकपडा लगायतका सामान वितरण गरिएको नेविसंघका नेतासुशील भट्टले जानकारी दिए ।
राहत वितरण कार्यक्रममा रौतहट कााग्रेस सभापति कृष्ण यादव, सांसद देव प्रसाद तिमल्सिना, धनलाल ढोकर, विद्यार्थी नेताहरु राम प्रसाद अधिकारी, बलदेव तिमल्सिना, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण