रोक्दारोक्दै जबर्जस्ती गुठीको भवनमा विद्यालय
मङ्गलबार, ०७ साउन २०७६, ०७ : ३३
गुठी संस्थानले पचली भैरव गुठीको नाममा लालपुर्जा भएको जग्गामा भवन नबनाउन पटकपटक पत्राचार गर्दा पनि विद्यालयले जग राखेरै छाड्यो ।
काठमाडौँ महानगरपालिकाबाट नक्सापाससमेत नगरी भवन बनाउन थालेपछि गुठियार, सम्पदा अभियन्तालगायतले जगैसम्म भत्काइदिए ।
नवौं शताब्दीदेखि पुजिँदै आएको पचली भैरवको पोखरी रहेको ठाउँमा टेकुको महेन्द्र सरस्वती सेवा आधारभूत स्कूलले भवन बनाउन लागेको हो ।
गुठीको आदेशलाई समेत पटकपटक अवज्ञा गरेर भवन निर्माण जारी राखेको भन्दै गुठीयारलगायतले भवन भत्काइदिएका थिए ।
विद्यालयले भने यो ठाउँमा चउर रहेकाले भवन बनाएको दावी गर्दै आएको छ । यो समाचार दामोदर न्यौपानेले कान्तिपुर दैनिकमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण