‘महा महँगो’ केराको कुरा गरेपछि फसे नायक राहुल बोस, ट्रोलर्सको निशानामा
पाँचतारे होटलमा ‘महा महँगो’ केराले तात्तिएको सोसल मिडिया अहिलेसम्म सेलाएको छैन । राहुलको यो भिडियोमा अहिलेसम्म पनि कमेन्ट र रिट्वीटको सिलसिला जारी छ । केही प्रयोगकर्ता होटलमा प्रश्न सोधिरहेका छन् भने कतिले राहुलमाथि नै प्रश्न उठाइरहेका छन् ।
माहिधर नायडू नामका प्रयोगकर्ताले लेखे, ‘जेडब्ल्यू म्यारियोट के तपाईं आफ्ना पाहुनासँग गलत जिएसटी चार्ज गरेर यस्तो व्यवहार गर्नुहुन्छ ? मलाई लाग्छ कि यसरी नै आफ्ना ग्राहकलाई धोका दिएर तपाईंले करोडौं कमाउनुभएको छ होला । यो दिउँसै हुने लुटपाट हो ।’
हिमांशु जैनले लेखे, ‘राहुल जी यदि तपाईं पाँचतारे होटलको खर्च उठाउन सक्नुहुन्नँ भने त्यहाँ नबस्नुहोस् ।’
डाक्टर रवि मेहताको नामबाट ट्वीट गरिएको छ, ‘तपाईं एउटा महँगो होटल चेनका सबैभन्दा विलासी कोठामा बसिरहनुभएको छ । तरपछि केराका लागि लिइएको मूल्यमा रोइरहनुभएको छ ? के एक रातको लागि २५ हजार भारु तिर्नु जायज हो ? जबकी यो देशका थुप्रै मानिसहरुको महिनाको तलबभन्दा दोब्बर मूल्य हो । उनीहरुले तपाईंबाट पैसा लिनुहुन्छ किनभने तपाईं पैसा दिनुहुन्छ ।’
पाँचतारे होटलमा अर्डर गरे केरा, बिल देखेपछि यी नायकको उड्यो होस्
बेन्कटेशले लेखे, ‘सर हामीलाई थिएटर्समा पनि पपकर्न खरिद गरिरहेका बेला यस्तै महसुस हुन्छ । ’
स्मरण रहोस्, राहुल अहिले फिल्मको सुटिङका लागि चन्डीगढमा छन् । उनी त्यहाँको जेडब्ल्यू म्यारियोट होटलमा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण