सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिनमा पुल बनाउन बाटो खुला

सोमबार, १३ साउन २०७६, ०७ : ४२
सोमबार, १३ साउन २०७६

चितवनको नारायणगढ–मुग्लिन खण्डमा पुल बनाउन सरकारले बाटो खोलिदिएको छ । डबल लेनमा पुल अत्यावश्यक देखिएको भन्दै मन्त्रिपरिषद्ले ठेक्कामार्फत डिजाइन र निर्माणको  काम अघि बढाउन स्वीकृति दिएको हो । 

सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम वातावरणीय अध्ययनसमेत गर्ने गरी ठेक्का गर्न स्वीकृति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

कानुनमा डिजाइन एन्ड बिल्डका सम्बन्धमा स्पष्ट उल्लेख नभएको भन्दै सडक विभागअन्तर्गत पुल महाशाखाले मन्त्रिपरिषद्मा निर्णय गरिदिन पत्र पठाएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप