शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

दाउद इब्राहिमसँग जोडिएको थियो नायिका मन्दाकिनीको नाम, बौद्ध भिक्षुसँग गरिन् विवाह

मङ्गलबार, १४ साउन २०७६, ०९ : ३०
मङ्गलबार, १४ साउन २०७६

बलिउड नायिका मन्दाकिनी ९० को दशकमा फिल्म उद्योगकी सबैभन्दा बोल्ड नायिकाको रुपमा परिचित थिइन् । सन् १९६३ जुलाई ३० मा मेरठमा उनको जन्म भएको थियो । राम तेरी गंगा मैली हो गई उनको जीवनको सबैभन्दा हिट फिल्म साबित भयो । तर यो फिल्म उनको करियरको सबैभन्दा विवादास्पद फिल्म पनि रह्यो । अण्डरवर्ल्ड डन दाउद इब्राहिमसँग देखिएपछि मन्दाकिनी विवादमा आएकी थिइन् ।

दाउदसँग उनको तस्बिरले पनि सबैलाई अचम्मि पारेको थियो । एक खेलको क्रममा दुबै सँगै बसेको देखिएको थियो । त्यसपछि उनीहरुको सम्बन्धमाथि थुप्रैले कयास लगाए । दुबैको एउटा छोरा पनि भएको खबर गाइँगुइँ चलेको थियो । तर मन्दाकिनीले यो कुरालाई कहिले पनि स्विकारिनन् । यद्यपि, उनले दाउदसँग उनको परिचय भएको कुरा भने स्विकार गरेकी थिइन् ।

करियरको कुरा गर्ने हो भने मन्दाकिनीले तेजाब र लोहाजस्ता फिल्ममा पनि अभिनय गरिन् । तर जुन भूमिका उनले राम तेरी गंगा मैलीमा पाएकी थिइन् त्यस्तो दमदार भूमिका मन्दाकिनीले पुनः पाउन सकिनन् ।

अहिले मन्दाकिनी लाइमलाइटबाट टाढा छिन् । उनले पूर्व बौद्धभिक्षु डाक्टर काग्युर टी. रिन्पोछे ठाकुर केसँग विवाह गरेकी थिइन् । रिपोर्टलाई मान्ने हो भने उनी योगा कक्षा चलाउँछिन् । उनी दलाई लामाकी अनुयायी बनिसकेको पनि बताइन्छ । यसका साथै उनले तिब्बती औषधी बेच्ने गरेको पनि खबरमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप