अनौठो पर्व गथामुगः अश्लिल गाली र गीत गाउँदैं राक्षसलाई जलाउने परम्परा (तस्विरमा हेरौं)
भक्तपुर– प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व भक्तपुरमा मंगलबार विशेष रुपमा मनाइएको छ । भक्तपुर नगरक्षेत्रका गल्ली–गल्लीमा बडो धुमधामका साथ मनाउने गरिन्छ । गथामुथः यसलाई घण्टाकर्ण पर्वपनि भनिने गरिन्छ । आज उपत्यकाका नेवार समुदायले राक्षसको पुत्ला बनाई यसलाई टोलभन्दा केही पर दोबाटोमा लगेर जलाउने परम्परा हरेको छ ।
मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा आजको दिन बिहानै स्नान गरी घरलाई सफासुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उभ्याइन्छ । राती राँको बालेर भूत भगाइन्छ र पुत्लाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पु¥याइन्छ । अश्लिल गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ ।
यसरी परम्परादेखि नै अश्लिल शब्दहरुको प्रयोग गर्ने छुट रहेको किंवदन्ती पाउन सकिन्छ । परापूर्व कालमा दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिँड्ने मानिससित जगात पैसा उठाई दुःख दिने घण्टाकर्ण गठामङ्गल नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाइन्छ । आजैबाट वस्तीमा लामखुट्टे आउन समेत कम हुने जनविश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण