गोबिन्दाको खुलासाः ४९ वर्षमा किन गरे ‘दोस्रो विवाह’, चार वर्षसम्म लुकाएका थिए पहिलो
गोबिन्दा यस्ता नायक हुन् जसले बलिउड फिल्ममा आफ्नो अभिनयले भिन्न छाप छोडेका छन् । लगभग हरेक जनरको फिल्मले गोबिन्दाले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् । विशेषगरी उनको कमिक टाइमिङको छुट्टै अन्दाज छ । ९० को दशकपछि गोबिनदाले कमेडी जनरलाई नयाँ उचाई दिएको र फिल्मनिर्माताले उनकै कारण यसलाई गम्भीरतापूर्वक लिन सुरु गरेको बताइन्छ ।
गोबिन्दा हालै भारतीय टिभी शो आपकी अदालतमा पुगे जहाँ उनले आफ्नो विवाहबारे रोचक खुलासा गरे ।
केही वर्ष अघि गोबिन्दा त्यतिबेला चर्चामा आएका थिए जब उनले आफ्नी श्रीमती सुनितासँग एकपटक पुनः विवाह गरेका थिए । कार्यक्रममा गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारण खुलाए । आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको बताए । उनले भने, ‘आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको थिएा । ’
उनले सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग धुमधामका साथ विवाह गरेका थिए ।
गोबिन्दाले आफ्नी श्रीमती सुनितासँगको भेटलाई याद गर्दै भनेका थिए, ‘म सुनितासँग एउटा पार्टीबाट फर्किरहेको थिएँ । उनको हात मेरो हातसँग छोइएको थियो तर हामी दुबैले हात हटाएनौं । यसरी नै हाम्रो सम्बन्धको सुरुवात भयो । ’
गोबिन्दाका काका आनन्द सिंहले उनलाई ‘तन बदन’ बाट डेब्यू गराएका थिए र त्यति नै बेला आनन्द सिंहकी साली सुनिता मुंजाल गोबिन्दाको प्रेममा परिन् । सन् १९८७ मार्च ११ मा दुबैले विवाह गरे । यद्यपि, गोबिन्दाले आफ्नो करियरका कारण विवाहलाई चार वर्षसम्म लुकाएर राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण