काठमाडौँ महानगरले ल्यायो २५ वटा कानुन
काठमाडौं महानगरपालिकाले आ.व. २०७५/०७६ मा २५ वटा स्थानीय कानुन बनाई कार्यान्वयनमा ल्याएको छ ।
ती कानुनहरूमा काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्य्विधि), सार्वजनिक निजी साझेदारी तथा लगानी, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन, सवारी तथा यातायात व्यवस्थापन, शिक्षा, सार्वजनिक खरिद र विवाद निरुपण ऐन, (२०७५) लगायत छन् ।
उक्त महानगरपालिकाले ती कानुनहरू बनाउनुका अतिरिक्त अन्य विभिन्न कार्यलाई व्यवस्थित रुपमा अघि बढाइरहेको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।
उनका अनुसार सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र खोली मेलमिलाप हुने प्रकृतिका विवाद वडास्तरमै सल्ट्याउने, महानगरपालिका क्षेत्रमा अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण र सुशासन प्रवर्धन गर्न सहरी क्षेत्रको झण्डै १ सय ६० स्थानमा करिब ५ करोड लगानीमा महानगरीय प्रहरीको सहकार्यमा मुख्य–मुख्य चोकहरुमा सिसिटिभी क्यामरासहितको ट्राफिक लाइट राख्ने जस्ता कार्यहरूले निरन्तरता पाएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण