लुटपाट गरी फरार व्यक्ति लागूऔषधसहित पक्राउ
भक्तपुर । महानगरीय प्रहरी वृत्त ठिमीले लुटपाट गरेर फरार भएका एक जना व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
सल्लाघारीस्थित एक मनी ट्रासर्फरबाट दुई लाख रुपैयाँ निकाली आफ्नो घर भक्तपुर निकोसेरा आउँदै गरेकी जया कोइराला लुटिएकी थिइन् ।
प्रहरीले उक्त घटनाको मुख्य योजनाकार रहेका सिन्धुलाल्चोक राम्चे–७ घर भई हाल काठमाडौँको थानकोट बस्ने बर्ष २९ को पदम तिमिल्सिनालाई पक्राउ गरेको हो ।
तिमिल्सिना, सुजन तामाङ र पबिन तामाङ मिलेर २०७५ साल असोज २४ गते कोइरालालाई चाँगुनारायण नगरपालिका–२ दुवाकोटको हनुमन्ते पुल क्रस गर्ने बित्तिकै कोइरालाको साथमा रहेको नगद रू २ लाख तथा मोबाइल फोनसमेत लुटपाट गरेका थिए ।
फरार रहेका तिमिल्सिनालाई शुक्रबार वृत ठिमिबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
लोकन्थली नरेफाँटबाट पक्राउ परेका तिमिल्सिनाको साथबाट लागुऔषध डाइजापम, नोफिन र फेनारगन ६ सेट र मोवाइल ४ थानसहित नियन्त्रणमा लिएको वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।
उक्त लुटपाटमा संलग्न रहेका ३ जनामध्ये तिमिल्सिना मुख्य रहेको र अन्य सुजन तामाङ र पविन तामाङ यस अघि नै पक्राउ परेका थिए ।
पक्राउ परेका तिमिल्सिना लागुऔषध, पाकेटमारी, कुटपिट, ठगी, मुद्दामा समेत संलग्न रहेको प्रहरी अनुसन्धानवाट खुलेको समेत प्रमुख कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण