भारतको राष्ट्रिय फिल्म पुरस्कारमा ‘हेल्लारो’ सर्वोत्कृष्ट फिल्म घोषित, अन्धाधुन्ध बन्यो उत्कृष्ट हिन्दी भाषी फिल्म
एजेन्सी । भारत सरकारले देशभरीका सबैजसो भाषामा बन्ने फिल्मलाई समेटेर प्रदान गर्ने राष्ट्रिय फिल्म पुरस्कार शुक्रबार घोषणा गरेको छ ।
शुक्रबार दिल्लीको शास्त्री भवनमा आयोजित एक कार्यक्रममा राष्ट्रिय फिल्म पुरस्कारको ६६ औं संस्करणका विजेताहरु सार्वजनिक गरिए ।
त्यसमा सन् २०१८ मा भारतभरी प्रदर्शनमा आएका फिचर फिल्ममा गुजराती भाषाको फिल्म ‘हेल्लारो’ सर्वोत्कृष्ट भयो ।
हिन्दी भाषी फिल्महरुमध्य भने सर्वश्रेष्ठ फिल्मको सम्मान ‘अन्धाधुन’ फिल्मले पाएको छ । अन्धाधुनको निर्देशन श्रीराम राघवनले गरेका हुन् ।
त्यस्तै सोही फिल्मका प्रमुख अभिनेता आयुष्मानले भारतभरीका फिल्ममा सर्वोत्कृष्ट अभिनेताको घोषित भएका छन् । खुरानासँगै ‘उरीः द सर्जिकल स्ट्राइक’का अभिनेता विक्की कौशललाई यो पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको थियो ।
सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार भने तेलुगू फिल्मको ‘महानटी’की अभिनेत्री कीर्ति सुरेशले पाएकी छिन् ।
अन्य प्रमुख विधाका विजयीहरु
फिल्म उरीका निर्देशक आदित्य धरले सर्वश्रेष्ठ निर्देशकको पुरस्कार पाएका छन् । पुरस्कार पाएपछि उनले आफूले १५ वर्षको लगातारको असफलतापछि ठूलो सफलता पाएको प्रतिक्रिया दिएका छन् ।
सहायक भूमिकाहरुमा, मराठी भाषाको फिल्म चुम्बकबाट स्वानन्द किरकिरेले सहयाक अभिनेताको पुरस्कार जितेका छन् ।
त्यस्तै सहायक अभिनेत्रीको पुरस्कार सुधा सीकरीलाई प्राप्त भयो । उनलाई यो पुरस्कार हिन्दी भाषाको फिल्म ‘बधाई हो’को लागि दिइएको हो ।
सर्वश्रेष्ठ संगीत निर्देशनको पुरस्कार पद्मावत फिल्मका लागि संजय लीला भंसालीले जितेका छन् । सर्वश्रेष्ठ गायकको पुरस्कार सोही फिल्मको गितको लागि अरिजित सिंहले पाएका छन् ।
फिल्मको लागि सबैभन्दा अनुकुल राज्यको पुरस्कार उत्तराखण्डले पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण