जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई करको करकर
ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा चटपटे बिक्री गर्नेलाई ७५ रुपैयाँ कर तोकिएको छ ।
अनुसूची– ८ (दफा ९ सँग सम्बन्धित) बहाल विटौरी करअन्तर्गत तोक्मेडाँडामा शानिबार र मंगलबार लाग्ने हटियामा १ जोडी परेवा बिक्री गरेवापत १५ रुपैयाँ कर तोकिएको छ । भूइँमा समान विच्छ्याएर बेचेवापत पनि २० रुपैँया तोकिएको छ । डोकोमा फलफूल तथा सागसब्जी बेच्नेले प्रतिडोको २० रुपैयाँ बुझाउनुपर्छ ।
नगरले बनाएको ब्लकमा राखेर बिक्री गर्नेलाई एक सय रुपैयाँ तोकेको छ । रागाको मासु बेचेवापत प्रतिगोटा २ सय र सुँगुरको १५० रुपैयाँ कर लाग्नेछ । यो समाचार कारोबार दैनिकमा देवराज गुरुङले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो
-
झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख
-
ओलीले प्रचण्डलाई भने : अहिल्यै एकता गर्दा कुरा बिग्रन्छ कि !
-
दक्षिण कोरियामा रास्वपा सांसदहरूसँग प्रवासी नेपालीको खुला संवाद
-
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
-
युक्रेनमा सन् २०२२ यताकै सबैभन्दा धेरै नागरिक हताहत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण