उफ ! सडक जाम : १४ किलोमिटर पार गर्न २ घण्टा समय
भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको पुरानो बसपार्क पुग्न सार्वजनिक यातायातमा कति समय लाग्ला ? तपाई भन्नुहोला २० देखि मिनेट । तर तपाईको त्यो उत्तर गलत ठहरिन्छ । १४ किलोमिटर लम्बाईको त्यो सडकखण्ड पार गर्न सार्वजनिक यातायात चढे्ने जो कोही पनि करिब २ घण्टा बसभित्रै बस्नुपर्ने बाध्यता छ ।
जापान सरकारले केही समय अगाडि बनाइदिएको सर्भिस लेनसहित ६ लेनको कोटेश्वर–भक्तपुर सडकखण्डमा अहिले दैनिकजसो ट्रफिक जामको समस्याले सर्वसाधरणहरु मर्कामा पर्ने गरेका छन् । ललितपुरबाट आउने, गैरीगाउँबाट आउने, भक्तपुर र काडाँघारीबाट जाने सबै सवारी साधनहरु कोटश्वरचोक हुँदै बानेश्वर, सिनामंगलतर्फ जाने गर्दछन् । कार्यालय समयमा निकै सकस हुने गरेको भक्तपुरबाट काठमाडौं जानुपर्ने मानिसहरु बताउँछन् ।
पूर्वबाट सिन्धुली हुँदै आउने सवारी साधनका कारणले अरनिको राजमार्गको यो खण्डमा सवारी साधनको चाप हुने गर्दछ । प्रदेश नम्बर १ र २ लाई देशको राजधानी छिर्ने छोटो दूरीको यो सडक ३ नम्बर प्रदेशको काभ्रे, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकको समेत प्रवेश मार्ग हो ।
महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरिक्षक चक्रराज जोशीका अनुसार दैनिक १० हजार सवारी साधनले यो सडकमा ओहोरदोहोर गर्दछन् । दुर्घटना अत्याधिक भएको भन्दै भक्तपुर प्रहरीले प्रतिघण्टा ५० किलोमिटर गतिमा मात्र सवारी चलाउन पाउने नियम लागू गरेको छ ।
ट्रिपर/ट्रकलाई समेत कार्यालय समयमा निधेष गरेको भएपनि सवारी जाममा भने कमी आएको देखिँदैन । बिहान र साँझको समयमा हुने सवारी जामका कारणले कहिलेकाहीँ त एम्बुलेन्स समेत जाममा पर्ने हुँदा बिरामीको उपचारमा कठिनाई मात्र होइन ज्यान नजाला भन्न सकिदैंन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण