सेनाका अधिकृतकै नक्कली प्रमाणपत्र : तीन दर्जनमाथि कारवाही
सोमबार, २७ साउन २०७६, ०६ : ३७
काठमाडौँ । नेपाली सेनाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका केही सहायक रथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारवाहीको तयारी गरेको छ ।
उपरथी दर्जामा पदोन्नति हुन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेस गरेका केही सहायक रथीसहित साधारण सेवा, विविध सेवा र प्राविधिक सेवातर्फका तीन दर्जन अधिकारीमािथ छानविनपछि कारवाहीको तयारी भइरहेको सैनिक मुख्यालयले जनाएको छ ।
छानबिन समितिले ती अधिकृतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा किर्ते कागजात बनाएको फेला पारेको हो ।
नक्कली प्रमाणपत्र पेस गरेका अधिकारीहरुलाई सुरुमा स्वेच्छिक राजीनामा दिएर सम्मानपूर्वक सेवाबाट बिदा हुने अवसर दिइने र त्यसो नगरे सेवाबाट बर्खास्त गर्दै जेल चलान गर्नेसम्मको तयारी भैरहेको सैनिक स्रोतले जनाएको छ ।
यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्योतिर्मयीले जितिन् ‘इन्डियन आइडल १६’ को ताज
-
सरकारका आर्थिक नीति र राजस्व अनुसन्धान विभाग खारेजी विरुद्ध सर्वोच्चमा रिट
-
राष्ट्रिय सेवा दल विधेयकमा व्यापक हेरफेरका लागि संशोधन प्रस्ताव
-
सरकारबाट बिजनेस नपाएर कार्यतालिकाबिनै चलिरहेछ प्रतिनिधि सभा
-
त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने
-
नागढुंगा टनेल उद्घाटन : देश सुरुङ युगमा प्रवेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण