एक वर्षभित्रै टुट्यो यो सेलिब्रिटी जोडीको सम्बन्ध, २०१८ को डिसेम्बरमा गरेका थिए विवाह
हलिउडका सबैभन्दा ‘हट एण्ड ह्यापनिङ’ जोडीमध्ये एक माइली साइरस र नायक लिएम हेम्सवर्थले विवाहको एक वर्षभित्रै अलग्गिने निर्णय गरेका छन् । एक अमेरिकी रिपोर्ट अनुसार दुबैले आपसी सहमतीमा अलग्गिने निर्णय गरेका हुन् किनभने यी दुई आफ्नो ध्यान करियरमा केन्द्रीत गर्न चाहन्छन् । स्मरण रहोस्, माइली र लिएमको विवाह सन् २०१८ को डिसेम्बरमा भएको थियो । विवाह अघि यी दुईले विगत १० वर्षदेखि एक अर्कालाई चिन्दथे ।
साइरसका प्रतिनिधीले पिपल डट कमलाई भनेका छन्, ‘यतिबेला लिएम र माइली एकअर्कासँग अलग्गिने बारे सहमत भएका छन् । दुबैले आफूलाई र आफ्नो करियरमाथि ध्यान दिन चाहन्छन् । यद्यपि, यी दुई आफ्ना जनावरका राम्रा आमा–बुवा बनेर बस्नेछन् । कृपया उनीहरुको यो प्रक्रिया र निजताको सम्मान गर्नुहोस् ।’
स्मरण रहोस्, माइली साइरस सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै एक्टिभ हुन्छिन् । उनी आजकाल आफ्ना नयाँ फोटो र भिडियो इन्स्टाग्राम अकाउन्टमा सेयर गरिरहन्छिन् । माइली साइरस अमेरिकाकी चर्चित गायिका हुन् र उनको प्रस्तुतीको भिडियो सोसल मिडियामा भाइरल भइरहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण