साप्ताहिक सञ्जालका उपाध्यक्ष बरालमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न माग
मङ्गलबार, २८ साउन २०७६, १२ : ००
चितवन । साप्ताहिक सञ्जाल चितवनले पत्रकार सूर्य बरालमाथि भरतपुरमा दिनदहाडै आक्रमण गर्नेलाई कडा कार्वाही गर्न माग गरेको छ ।
साप्ताहिक सञ्जाल चितवनका उपाध्यक्षसमेत रहेका पत्रकार बराललाई भरतपुर महानगरपालिका ३ नारायणी दोभानमा रहेको आफ्नै घर नजिक आक्रमण गरेकामा घटनाको एक विज्ञप्तिमार्फत घोर निन्दा गरेका छ ।
सञ्जालका अध्यक्ष नवराज ढकाल तथा महासचिव आचार्यद्वारा जारी विज्ञप्तिमा हालसम्म दोषीलाई पक्राउ नगरेकोमा आपत्ती प्रकट गरिएको छ ।
पत्रकारमाथि यसरी आक्रमण हुनुले चितवनको पत्रकारीता मा चुनौती थपिएको सञ्जालका अध्यक्ष ढकालले बताए । उनले दोषी छिटो पक्राउ नगर सञ्जाल आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् ।
सप्ताहिक सञ्जाल चितवनबाट नियमित प्रकाशन भइरहेका साप्ताहिक पत्रिकाहरुको संगठन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण