ट्रकको ठक्कर दिँदा पुल भाँसियो, अवरुद्ध राजमार्ग डाइभर्सनबाट खुलाइयो
परासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पुर्वी नवलपरासीको अरुङ्गखोला पुल भाँसिएर अवरुद्ध भएको यातायात डाइभर्सनमार्फत् खुलाइएको छ ।
जिल्लाको मध्यविन्दु नगरपालिका ११ अरुङ्गखोला पुलमा आज विहान एक ट्रकको ठक्करले पुल भाँसिएर राजमार्ग अवरुद्ध भएपछि उक्त खोलामा डाइभर्सन बनाइ यातायात सुचारु गराइएको प्रहरीले जनाएको छ ।
बुधबार विहान ४ बजे पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको एक साईडमा ठक्कर दिँदा पुलमा क्षति पुगेसँगै पुल भाँसिएर राजमार्ग अवरुद्ध बनेको थियो ।
पुल भाँसिएको कारणले सो पुलबाट सवारी साधन चल्न रोक लगाइएको छ भने ती सवारी साधनहरु खोलामा डाइभर्सन बनाइ पठाइएको प्रहरीले जनाएको छ । पुलमा ठुलो क्षति पुगेकाले पुलको मर्मत कार्य केहि दिन लाग्ने भएकाले सोही खोलामा अर्काे पनि डाइभर्सन बनाई दुबै साइडबाट यातायात सुचारु गराउने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण