जम्मु–कश्मीरका नेपालीबारे सुरक्षा चासो
बिहीबार, ३० साउन २०७६, ०७ : १५
जम्मु–कश्मीरमा रहेका नेपालीहरुको पछिल्लो अवस्थाका सम्बन्धमा दिल्लीस्थित नेपाली दूतावासले त्यहाँका प्रवासी नेपालीहरुका संगठनका प्रतिनिधिसँग छलफल गरेको छ ।
नरेन्द्र मोदी सरकारले गत साता जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेका बेला त्यहाँ विभिन्न पेशा व्यावसाय गर्दै आएका करिब ८० हजारको संख्यामा रहेका नेपालीको सुरक्षाबारे केन्द्रित गरेको थियो ।
छलफलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले प्रवासी संगठनका प्रवासीसंघका प्रतिनिधिसँग जम्मु–कश्मीरमा रहेका नेपालीको सुरक्षालगायत विषयमा के–कसरी अगाडि बढ्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए । यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण