बाणिज्य बैंकमा सवैभन्दा अगाडि राष्ट्रिय बाणिज्य बैंक, ५३२ करोड नाफा कमाउन सफल
काठमाडौं– सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ५३२ करोड नाफा कमाउन सफल भएको छ । बैंकले सवैभन्दा धेरै ५ अर्ब ३२ करोड रुपैयाँ अर्थात ४५.६१ प्रतिशतले वृद्धि गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको बैंकले यो बर्ष यसलाई बढाएर ५ अर्ब ३२ करोड पुर्याएको छ ।
बैंकले खुद व्याज आम्दानी मात्रै १० अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९ अर्ब ११ करोड रुपैयाँ थियो। बैंक अरु बैंकभन्दा निक्षेप संकलन र ऋण लगानीमा आक्रामक देखिएको छ। सर्वसारधाण तर्फको निक्षेप एक खर्ब ९० अर्ब रुपैयाँ संकलन गरि एक खर्ब ४४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ।
अघिल्लो वर्ष बैंकले एक खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १७ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो। बैंकको पूँजीकोष अनुपात १३.२० प्रतिशत छ। त्यसैगरीm हाल बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ३.९० प्रतिशत रहेको छ । एनआईडिसी डेभलपमेन्ट बैंकलाई गाभेसँगै बैंकको खराब कर्जा बढेको थियो ।
बैंकले आधार व्याजदर थप ६.२० प्रतिशतबाट ५.५० प्रतिशतमा झारेको छ। बैंकले स्प्रेडदर ४.९५ प्रतिशतबाट ४.४६ प्रतिशतमा झारेको हो। बैंकको चुक्ता पूँजी ९ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा १३ अर्ब ७३ करोड रुपैयाँ जम्मा गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण