महिना नपुग्दै भत्कियो धनगढी चक्रपथ, मिलेमतोमा गुणस्तरहीन काम भएको पुष्टि
शुक्रबार, ३१ साउन २०७६, ०६ : ३२
धनगढी उपमहानगरपालिकामा बनाइएको चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ । सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा निर्माण गरिएको चक्रपथको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिनामै भत्किनुले गुणस्तरहीन काम भएको पुष्टि भएको छ ।
निर्माणाधीन चक्रपथको धनगढी उपमहानगरपालिका–३ मा सम्पन्न भएको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिना नपुग्दै भत्किएको हो । ४२ किलोमिटरको चक्रपथ सघन सहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको छ । निर्माण सम्पन्न भएको भन्सारदेखि राजपुरसम्मको खण्डको बीच बीचमा तथा नाला किनारामा कालोपत्रे दबिने र भत्किने गरेको स्थानीय बताउँछन्् ।
नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्, ‘सबैको मिलेमतोमा गुणस्तरहीन सामाग्री प्रयोग गरिएका कारण सडक भत्किन थालेको हो ।’यो समाचार आजको नागरिक दैनिकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण