चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ३ जनाको नाम सिफारिस
काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । साउन २९ गते बसेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको अन्तिम नाम टुङ्गो लगाएको हो ।
जसमध्ये प्रा डा. सुरेन्द्र शेरचन, नम्बरमा प्रा डा. शम्भुकुमार पहारी र प्रा.डा श्रीकृष्ण गिरीको नाम छनोट भएको छ ।
सिफारिस गरेको नाम हिजै मन्त्रिपरिषद् लाने तयारी भए पनि प्रधानमन्त्रीको अस्वस्थताका कारणले मन्त्रिपरिषद् नबसेपछि नाम सिफारिस हुन सकेन ।
आज मन्त्रिपरिषद् बसेको खण्डमा ३ जना प्रा.डा.को नाम सिफारिस गरिने शिक्षा मन्त्रालयको भनाई छ । सिफारिस भएका ३ जनाको नाममध्ये प्रा.डा गिरीले दुवै पटकको विज्ञापनमा आवेदन दिएका थिए ।
राष्ट्रिय चिकित्साशिक्षा ऐन, २०७५ ले चिकित्साशिक्षा आयोगको कार्यकारी नेतृत्व उपाध्यक्षलाई दिएको छ । ऐनको दफा ५ बमोजिम गठन हुने आयोगमा पूरा समय आयोगको काम गर्ने कार्यकारी प्रमुखका रुपमा उपाध्यक्ष रहने व्यवस्था दफा २२ को उपदफा २ ले गरेको छ ।
पहिलो आवेदनमा विवाद भए पछि दोस्रो पटक साउन १ गते आवेदन खुलाइएको थियो । दोस्रो पटकको विज्ञापनमा ११ जनाले आवेदन दिएका थिए ।
प्रा.डा. श्रीकृष्ण गिरी, प्रा.डा. शम्भु पहारी, प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. राजेन्द्रप्रसाद साह, प्रा.डा. रमेशप्रसाद सिंह, प्रा.डा. जेएन पाण्डेय हिमाली, प्रा.डा. यहुनचन्द्र सिवाकोटी, प्रा.डा. तरुण पौडेल, प्रा.डा. प्रमोदकुमार सर्राफ, प्रा.डा. नीलमणि उपाध्याय र प्रा.डा. पारसकुमार पोखरेलको आवेदन परेको थियो ।
साउन २६ र २७ गते भएको प्रस्तुतीकरण, अन्तर्वार्तापछि ३ जनाको नाम सिफारिस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण