बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक
शुक्रबार, ३१ साउन २०७६, १२ : ३५
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि सुरु बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु झलनाथ खनाल, बामदेव गौतम , ईश्वर पोख्रेल, माधव कुमार नेपाल , विष्णु पौडेल, राम बहादुर थापा र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
विहीबारका लागि बोलाइएको बैठक प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाइएको हो । शुक्रबार ३ बजेका लागि बोलाईएको बैठक बिहान ११ बजेका लागि सारिएको हो ।
बैठकमा कार्यविभाजका बाँकी काम टुंगो लगाउने तथा स्कूल विभागको जिम्मेवारी तोक्ने छलफल हुने बताइएको छ । स्कूल विभागको जिम्मेवारी लिनका लागि रक्षा मन्त्री ईश्वर पोख्रेल, नारायणकाजी र घनश्याम भुसालले दाबी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण