एमबाप्पे सर्वाधिक मूल्यवान खेलाडी, शीर्ष १० मा अटाएनन् रोनाल्डो
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राईकर केलियन एमबाप्पे विश्वकै सर्वाधिक मूल्यवान खेलाडी बनेका छन् ।
फुटबल अब्जरभेटरी नामक संस्थाले गरेको अध्ययन अनुसार एमबाप्पे मूल्यवान खेलाडीको पहिलो सूचीमा रहेका हुन् । एमबाप्पेको मूल्य दुई सय ३० मिलियन पाउन्ड रहेको छ । फुटबल अब्जरभेटरी दोस्रो स्थानमा लिभरपुलका मोहमद सलाह र तेस्रो स्थानमा म्यानचेस्टर सिटीका रहिम स्टर्लिङलाई राखेको छ । सलाहको मूल्य दुई सय मिलियन र स्टर्लिङको मूल्य एक सय ९० मिलियन पाउन्ड रहेको छ ।
बार्सिलोनाका स्टार लियोनल मेस्सी चौंथो स्थानमा छन् । मेस्सीको मूल्य एक सय ५३ मिलियन पाउन्ड रहेको छ । यसैगरी पाँचौं स्थानमा रहेको बोरुसिया डर्टमन्डका जाडोन सान्चोको मूल्य एक सय ४५ मिलियन पाउन्ड रहेको छ । छैटौं स्थानमा रहेका लिभरपुलका साडियो मानेको मूल्य एक सय ४४ मिलियन पाउन्ड छ ।
यसैगरी ट्टोटनहामका ह्यारी केन एक सय ४३ मिलियन पाउन्ड सहित सातौं, लिभरपुलका रोबर्टो फिर्मिन्हो एक सय ३२ मिलियन पाउन्ड सहित आठौं, बार्सिलोनाका एन्टोइन ग्रीजम्यान एक सय ३१ मिलियन पाउन्ड सहित नवौं र म्यानचेस्टर सिटीका लेरोय साने एक सय २५ मिलियनलसहित दशौं स्थानमा छन् ।
युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो शीर्ष दशमा अटाएका छैनन् । २०औं स्थानमा रहेका रोनाल्डोको मूल्य एक सय १८ मिलियन पाउन्ड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण