धनुषामा चाँदी तस्करी मौलाउँदै, सशस्त्र प्रहरीद्वारा लाखौको चाँदी बरामद
जनकपुरधाम । पछिल्लो समय धनुषामा अवैध रुपमा चाँदी तस्करको बिगबिगी रहेको छ । सशस्त्र प्रहरी बल धनुषाले ८ महिनाभित्रमा करिब ३३ किलोग्राम अवैध चाँदी बरामद गरेको छ ।
विभिन्न समयमा अवैध रुपमा विभिन्न ठाउँ लैजाँदै गरेको चाँदीसहित विभिन्न व्यक्तिहरुलाई पक्राउ गर्दै आएतापनि चाँदी तस्करीमा भने कमी आएको छैन ।
भारतबाट अवैध रुपमा चाँदी ल्याउँदै गर्दा सशस्त्र प्रहरी बल धनुषाको गस्ती टोलीले भारत जयनगर भेलवा चोक बस्ने २७ वर्षीय बन्धु कुमार सिंहलाई शनिबार पक्राउ गरेको छ ।
उनलाई गस्ती टोलीले औरही गाउपालिका वडा नम्बर २ देउरीबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।
अवैध रुपमा ल्याइएको (१५ केजी चाँदी) १० लाख ९३ हजार १ सय १० मूल्य बराबरको रहेको उप्रेतीले बताए । यसका साथै पक्राउ परेका सिंहको साथबाट ज८प ९२३५ नम्बरको डिस्कोभर मोटरसाइकल समेत बरामद भएको छ ।
यसअघि सशस्त्र प्रहरी धनुषाले जेठ २४ गते जनकपुरधाम वडा नम्बर २३ बिन्धीबाट १२.७ किलोग्राम र २०७५ साल मंसिर ५ गते जनकपुरधाम वडा नम्ब २५ लोहनाबाट ५ किलोग्राम चाँदी अवैध रुपमा लैजाँदै गर्दा नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका सिंह, अवैध चाँदीसहित ७५ हजार रुपैयाको मोटरसाइकल जनकपुर भन्सार कार्यालयमा बुझाइने उप्रेतीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण