‘राष्ट्र र समाजको विकासका लागि युवा अघि बढ्नुपर्ने’
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र र समाजको विकासका लागि युवाले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् ।
उदयन नेपालद्वारा आज यहाँ आयोजित ‘एक उडान सकारात्मकता तर्फ’ कार्यक्रमको शुभारम्भ एवं उद्घाटन गर्दै उनले निष्ठावान र इमानको जगमा उभिएर क्रियाशील हुने व्यक्तिले नै सफलता पाउने बताए ।
उनले विगत सुखद नरहेको प्रसङ्ग उल्लेख गर्दै अस्थिरता र द्वन्द्वले मुलुकको विकास नभएकाले अब युवा राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।
उनले युवालाई उद्यमशीलतासँग जोड्न प्रदेश सरकारले रु २० करोड विनियोजन गरेको जानकारी दिँदै युवालाई समाजप्रति जवाफदेही बनाउन र १० वर्षमा वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न विनियोजित रकमले मद्दत पुग्ने बताए ।
समाजिक विकासमन्त्री जीवन घिमिरेले नयाँ नेपालको निर्माण नयाँ पुस्ताले मात्र गर्न सक्ने बताए । उनले युवाले आफ्नो समय र अवसरलाई उच्चतम प्रयोग एवं उपयोग गर्नुपर्ने सुझाव दिँदै युवालाई सिर्जनशील काममा लाग्न आग्रह गरे ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष विक्रम लुइँटेल, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा, अभिभावक सङ्घका प्रदेश अध्यक्ष देवी पन्थी र उदयन नेपालका अध्यक्ष अनुपमा बाँस्तोलाले यस संस्थाका माध्यमबाट युवालाई नैतिक र व्यवहारिक ज्ञान प्रदान गरी प्रदेशभरि सो अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी, पाल प्रथम
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण