हवाई कारबाहीमा परी ७ तालिबान लडाकू मारिए
शनिबार, ३२ साउन २०७६, १८ : २७
एजेन्सी । अफगानिस्तानको पूर्वी भागमा पर्ने घाज्नी प्रान्तमा भएको एक हवाई कारबाहीमा परी छ तालिबानी लडाकू मारिएका प्रान्तीय सरकारले शनिबार जानकारी दिएको छ ।
घाज्नी प्रान्तको दिह याक जिल्लाको हद्दा गाउँमा तालिबान लडाकू लुकेर बसेका स्थानलाई लक्ष्यगरी नेटोआवद्ध संयुक्त सेनाले हवाई कारबाही शुरु गरेको थिए ।
सोही कारबाहीमा छ तालिबान लडाकू मारिनुको साथै अन्य चार घाइते भएका प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यस पहाडी प्रान्तमा लामो समययता सरकारी सुरक्षाबल र तालिबान लडाकू समूहबीच झडप जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिजीका पूर्वप्रधानमन्त्रीलाई एक वर्षको जेल सजाय
-
निगमको जहाजको इन्जिन मर्मतमा ढिलाइ भएकोबारे छानबिन उपसमिति गठन
-
टिजरमा यस्तो देखियो निश्चल र साम्राज्ञी ‘लण्डन टु पेरिस’
-
पुँजी वृद्धि र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छाबिच सम्झौता
-
सभामुखको छलफलमा जुटेन सहमति
-
संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्दैन : नेता सिटौला