माने र फिर्मिन्होको गोलमा लिभरपुल विजयी
शनिबार, ३२ साउन २०७६, २३ : १९
एजेन्सी-साविक उपविजेता लिभरपुलले इङ्लिश प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–१ गोलले हरायो ।
साउथह्यामटनको मैदानमा भएको खेलमा लिभरपुलको जितमा साडियो मानेले ४५औं र रोबर्टो फिर्मिन्होले ७१औं मिनेटमा गोल गरेका थिए
साउथह्याम्पटनका ड्यानी इङ्सले ८३औं मिनेटमा सान्त्वना गोल फर्काए । लगातार दोस्रो जितसँगै लिभरपुल ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा छ । दुईवटै खेलमा हार खेपेको साउथह्याम्पटनले खाता खोल्न सकेको छैन । शनिबारनै भएको अन्य खेलमा नर्विच सिटीले न्युक्यासल युनाइटेडलाई ३–१, एभर्टनले वार्टफोर्डलाई १–० र एबीसी बर्नमाउथले एस्टनभिल्लालाई २–१ गोलले हराएको छ । अर्को खेलमा ब्राइटोन र वेस्टहाम युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण