शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
आइतबार, ०१ भदौ २०७६, १८ : ४८
काठमाडौँ– सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।
आइतबार छोटो समयको लागि जिल्लाको पक्राउ पुर्जी बदर गर्दै प्रधानन्याधीश जबराको एकल इजलासले सो आदेश दिएको हो ।
अल्पकालीन आदेश भदौ १५ गतेसम्मलाई तोकिएको छ । केही दिनअघि बहुविवाह मुद्दा दायर भएपछि शिल्पा र निर्माता छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
बचाउको लागि शिल्पा निषेधाज्ञा मुद्दा लिएर उच्च अदालत पाटन पनि पुगेकी थिइन् । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी साउन २९ मा उनी सर्वोच्च पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण