सरकारले कानुनको तोडमोड गर्यो : आहुति
-माया श्रेष्ठ
काठमाडौं– प्रस्तावित वैज्ञानिक समाजवादी पार्टी नेपालका संयोजक एवम् विश्लेषक तथा लेखकले विश्वभक्त दुलाल आहुतिले सरकारको नेतृत्व गर्ने हरुले समावेशी समानुपातिक सिद्घान्तलाई तोडमोड गर्ने गरेको आरोप लगाएका छन् ।
नेपाल वैकल्पिक अध्ययन समाजले आायोजना गरेको एक कार्यक्रममा बोल्दै दुलालले सो कुरा बताएका हुन् । उनले लोकसेवा आयोगले खुलाउने गरेको विज्ञापनमा समानुपातिक तथा समावेसी तवरबाट परीक्षा नलिएर दलित, जनजाती, मधेशी र महिलाहरुमाथि राज्यबाटै पितृसत्तात्मक सोच हावी हुने गरेको आरोप लगाए ।
उनले भने, ‘सरकारले कानुनमा उल्लेख भएका कुरालाई बेवास्ता ग¥यो’ उनले भने, ‘अझै पनि त्यो विज्ञापनका विषयमा जनता सडकमा आन्दोलन गर्न बाध्य छन् ।’ बौद्धिक व्यक्तिहरुले मिडिया मार्फत दलित, जनजाती, मधेशी र महिलाहरुको लागी कानुनमा छुटाइएको कोटाका विषयमा नकारात्मक प्रचारबाजी गरेको आरोप समेत उनले लगाउँदै उनले लोकसेवा आयोगलाई दोष दिएर सरकार तर्किएको समेत बताए ।
उनले भने, ‘सरकारलाई कर्मचारी चाहिएको खण्डमा लोकसेवा आयोगलाई निर्देशन दिइसकेपछि कर्मचारी माग गर्ने हो, आयोगले कानुनभन्दा माथि गएर काम गरे सरकारले महाअभियोग लगाउन पनि सक्छ, तर सरकारमा बसेका शासकमा समानूपातिक समावेशी भन्ने कुरा स्वीकार गर्न सक्ने क्षमता छैन् ।’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण