शोभाले ल्याइन् ‘स्वास्नी कुट्ने पोई...’
काठमाडौं– तीजको अवसर पारेर गायिका शोभा केसीले महिला हिंसा विरुद्धको तीज गीत ‘स्वास्नी कुट्ने पोई...’ ल्याएकी छन् । दुर्गा साउदको शब्द÷सङ्गीत, राजेशकुमार श्रेष्ठको एरेञ्ज रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो ।
बरिष्ठ हास्य कलाकार उत्तम केसीले निर्देशन गरेको गीतको भिडियोमा शुभेक्षा थापा, लय संग्रौला, सुवाष गजुरेल, उत्तम केसी नेपाल, गीता नेपाल, मुकुन्द मैनाली, इन्दिरा दाहाल, लक्ष्मीनाथ तिमल्सिना, गायत्री पाण्डे, सत्यदेवी थापा, राजु आचार्य, मणिकुमार राई (हुक्का दादा), तृष्णा खड्का, गीता बर्मा, मिना सुवेदी, ध्रुवबहादुर थापा, सुस्मिता थापा, चक्रध्वज (कान्छा दाई) लगायतका कलाकारको अभिनय रहेको छ ।
केशव अधिकारी खत्रीले छायाँकन गरेको गीतलाई नारायण रिजालले कोरियोग्राफी गरेका हुन् । ब्राण्ड यु पिक्चर्स प्रालिका लागि शोभा केसीले निर्माण गरेको र कोचे मल्टिमिडियाले पोष्ट प्रोडक्शन गरेको गीतको भिडियोलाई प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण