एक महिलालाई जब महिलाहरुले नै बोक्सी भन्दै मलमुत्र खुवाए
जनकपुर । महोत्तरीमा बोक्सीको आरोपमा एक महिलालाई जबर्जस्ती मलमूत्र खुवाएका छन् ।
महोत्तरीको भंगहा नगरपालिका– ४ बस्ने ३८ वर्षीया महिलालाई स्थानीय ४ जना महिलाले बोक्सी भन्दै कुटपीट गरी मलमूत्र खुवाएका हुन् ।
शनिवार अबेर साँझ खेतबाट घाँस लिएर घर फर्किँदै गर्दा एक महिला एक महिला समूहको सिकार भएकी छिन् ।
बोक्सी भन्दै एक महिलालाई घर जाँदै गर्दा बाटोमै घेरेर तथानाम गालीगलौज गर्दै बोक्सीको आरोप लगाउँदै कुटपिटसहित जवर्जस्ती मलमुत्र खुवाएको पाइएको छ ।
पीडित महिलाले भंगहा–४ बस्ने ४ जना महिला ३५ वर्षीया सवितादेवी सिंह, ३० वर्षीया ईन्दुकुमारी सिंह, ४५ वर्षीया सुक्नी देवी र ५० वर्षीया सुकेश्वरी देवीलगायतले मामलमूत्र खुवाएको आरोप लगाएकी छन् ।
मलमूत्र खुवाउने मध्ये ३० वर्षीया ईन्दु देवी सिंह र ५० वर्षीया सुकेश्वरी देवीलाई साँझ नै प्रहरीले पक्राउ गरिसकेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जनाए । उनले आरोपित दुवै जनामाथि कारवाही प्रक्रिया अघि बढाइएको र फरारहरुको खोजी कार्य भईरहेको जनाए ।
शनिवार घटना लगतै प्रहरी टोली घटनास्थल पुगेर पीडित महिलाको उद्धार गरेको थियो । महिलाको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ ।
यसअघि पनि मलमूत्र खुवाउने महिलाहरुले बोक्सी भन्दै गालीगलौज गर्दै आएको पीडित परिवारको आरोप छ ।
मलमूत्र खुवाउने महिलाहरुलाई कारवाहीका लागि पीडित परिवारले आईतवार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी समेत दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण