चट्याङले मानिसलाई छोएको भयावह दृश्य क्यामरामा कैद (भिडियो)
सोमबार, ०२ भदौ २०७६, ०९ : ३७
‘चट्याङ पर्दा घरभित्रै बस है, बाहिर ननिस्क’ भनेर हामीलाई धेरैजसो आफन्तले सुझाउने गर्छन् । यस्तो किन भनिन्छ, धेरैलाई थाहा नहुन सक्छ । जसलाई थाहा छैन, उनीहरुका लागि यहाँ यस्तो घटनाबारे जानकारी दिँदैछौं जुन निकै भयावह छ ।
दक्षिणी क्यारोलिनाका रोमुलस म्याकनिलले एउटा यस्तो घटनाको सामना गरे जुन हेर्दा नै डरलाग्छ । उनले आफूमाथि चट्याङ परेको भिडियो तथा फोटो फेसबुकमा पोष्ट गरेका छन् । भिडियोमा देखिए अनुसार म्याकनिल छाता ओढेर हिँडिरहेका बेला उनीमाथि अचानक चट्याङ पर्छ । चट्याङ पर्ने बित्तिकै उनले बोकिरहेको छाता हातबाट झर्छ ।
उक्त भिडियो र फोटोले धेरैलाई स्तब्ध बनायो । कतिले उनको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । कतिले उनी सौभाग्यले बाँचेको भन्दै चिट्ठा खेल्न पनि सुझाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण